आइफोन १४ सिरिज लन्च हुन बित्तिकै मिमरहरुले खिल्ली उडाए

आइफोन १४ सिरिज लन्च हुन बित्तिकै मिमरहरुले खिल्ली उडाए

केन्द्रबिन्दु
0
Shares

आइफोन १४ सिरिजका फोन लन्च हुन बित्तिकै, सामाजिक सञ्जालमा आइफोन १४ सिरिजका लागि बनेका मिम्सहरु सामाजिक सञ्जालको भित्ता भरि छाएका छन्। 

वास्तवमा यस्तो हुनुको कारण हिजो बुधबार राती लन्च भएको आईफोनको १४ सिरिजका फोन र १ वर्ष अघि लन्च भएको आइफोन १३ सिरिजका फोनमा कुनै भिन्नता नदेखेका कारण मिमरहरुले सामाजिक सञ्जालका भित्ताभरी आइफोन १४ सिरिजलाई मजाक बनाइरहेका छन् । 

बुधबार बेलुकी विश्वप्रसिद्ध कम्पनी ‘एप्पल’ ले एक कार्यक्रम आयोजना गरी आइफोन १४ सिरिज (आइफोन १४, १४ प्लस, १४ प्रो र १४ प्रो म्याक्स) लन्च गरेका थिए । तर यसपटक आइफोनको मिनी मोडल सार्वजनिक गरिएन । यससँगै कार्यक्रममा एप्पल वाच सिरिज ८ पनि प्रस्तुत गरिएको छ । कम्पनीले पहिलो पटक एप्पल वाच अल्ट्रा ल्याएको छ । कम्पनीका अनुसार यो घडीले जुन सुकै अवस्थामा पनि काम गर्दछ । 

एप्पलले आज आईफोनको नयाँ सिरिज आईफोन १४ र आइफोन १४ प्लसलगायत नयाँ भर्सनहरू सार्वजनिक गरेको छ । बुधबार राति एप्पलका सीइओ टिम कुकसहित उच्च पदाधिकारीहरुले भर्चुअल माध्यमबाट एप्पलको नयाँ आइफोन, एयरपड्स र एप्पल वाच सार्वजनिक गरेका हुन् । 

 

आइफोन १४ सिरिज फोनका विशेषताहरु…
 

आइफोन १४ र १४ प्लस
आइफोन १४, ६ दशमलव १ इन्चको स्क्रिन र ६ दशमलव ७ इन्चको स्क्रिनसहितको आइफोन १४ प्लस बजारमा आएको छ । आइफोन १४ को मूल्य ७९९ डलरबाट सुरु हुनेछ । १४ प्लस मोडेलको मूल्य ८९९ डलरबाट सुरु हुनेछ ।
आइफोन १४ विभिन्न रंगहरूमा सार्वजनिक भएका छन् । आईफोन १४ र आईफोन १४ म्याक्स हरियो, गुलाबी, बैजनी, कालो, सेतो र रातो कलर भेरियन्टमा उपलब्ध हुनेछ ।

आइफोन १४ प्रो र १४ प्रो म्याक्स
आइफोन १४ प्रो ६.१ इन्च र प्रो म्याक्स ६.७ इन्चको डिस्प्लेसहित सार्वजनिक भएको छ । आइफोन १४ प्रोको सुरुवाती मूल्य ९९९ अमेरिकी डलर र आइफोन १४ प्रो म्यासको सुरुवाती मूल्य १०९९ अमेरिकी डलर तोकिएको छ  । 

यी दुई मोडेलमा ए१६ बायोनिक चिप हुनेछ । आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा क्यामेराको भाग पहिलेको भन्दा बढेको छ । आईफोन १४ प्रो र १४ प्रो म्याक्स हरियो, बैजनी, ग्रेफाइट, सिल्भर र गोल्डेन कलरमा उपलब्ध हुनेछ ।
 

Logo