एनआईसीसीआईले नेपाल-ईटालीबीच व्यापार संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने

एनआईसीसीआईले नेपाल-ईटालीबीच व्यापार संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल–ईटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) हालै द्विपक्षीय बैठक सम्पन्न भएको छ। बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानीबारे छलफल भएको थियो।

एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले नेतृत्व गरेको उक्त बैठकमा नेपाल, भारतका लागि ईटालीका राजदूत भिन्सेन्जो डे लुका, ईटालीका लागि कोलकाताका महावाणिज्यदूत जियानलुका रुबागोटी, ईटालीको लागि दिल्लीका महावाणिज्यदूत र ईटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेको उपस्थिति रहेको थियो। 

सो क्रममा इटालियन राजदूत भिन्सेन्जो डे लुकाले  भने- ‘ईटालियन दूतावासले ईटालियन उत्पादन र नेपालमा उपलब्ध सबै उत्पादनहरूको व्यापार मेला आयोजना गर्ने योजना बनाएको छ। हामीले ईटालियन उत्पादनलाई नेपालमा प्रचार प्रवर्द्धन गर्न विभिन्न परियोजनाहरू आयोजना गर्ने र नेपाली उत्पादनलाई पनि ईटालीमा प्रचार प्रवर्द्धन गर्ने योजना बनाएका छौँ।’

उनले विभिन्न विकास क्षेत्रमा लगानी गर्ने चासो देखाउँदै नेपालका उद्यमी र व्यवसायहरु ईटालीमा फस्टाउनका लागि सक्दो सहयोग गर्ने बताए। 

एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालका अनुसार नेपाल–इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले २०३० मा रोममा हुन गईरहेको ‘ग्रान्ड इन्टरनेसनल एक्स्पो’ मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको छ। 

जलवायु परिवर्तन, विविधता र समावेशीकरणबाट खतरामा परेका क्षेत्र र समुदाय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकेन्द्रीकरण र गतिशीलता, आर्थिक र सामाजिक विकासका लागि डिजिटल कनेक्टिभिटी जस्ता कुराहरुबाट नेपाललाई विकास र पुनरुत्थानको क्षेत्रलाई समेट्ने लक्ष्य लिइएको छ। 

एनआईसीसीआईले आगामी मार्च २०२३ मा ईटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’ मा नेपाली व्यापार, उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्न प्याभिलियन राख्ने योजना बनाएको छ। 

सन् २०१५ मा नेपालमा गएको भूकम्पपछि ईटाली र नेपालको सम्बन्धमा नयाँ आयाम थपिएको छ। जसमा नेपालका लागि ईटालीले आर्थिक सहयोग जुटाएको थियो। यो बैठकले नेपाललाई ईटालीमा नेपालको व्यापार र पर्यटन प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको छ भने ईटालीले पनि नेपालमा व्यापार र पर्यटन प्रवर्द्धन गर्ने अवसर पाएको छ।

Logo