पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै वायुसेवा कम्पनीहरु उत्साहित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै वायुसेवा कम्पनीहरु उत्साहित

केन्द्रबिन्दु
0
Shares

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरु उत्साहित भएका छन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आईतवार (जनवरी १ तरिख) देखि व्यावसायिक उडान हुने भएसँगै नेपाली वायु सेवा कम्पनीहरु उत्साहित देखिएका हुन् । वायुसेवा कम्पनीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान हुनु नेपालको पर्यटन क्षेत्रमा कोषेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । 

कम्पनीहरुले नेपालमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सञ्चालनमा आउन गौरवको विषय भएको बताएका छन् । वायुसेवा कम्पनीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको आवश्यक सबै सेवासुविधाहरु रहेको भन्दै आन्तरिक उडान गर्ने यात्रुहरुले समेत अन्तर्राष्ट्रिय स्तरको उडान गर्न पाउने भएको बताए । 

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सञ्चालनमा आउँदा एयरलाइन्स उत्साहित रहेको बताए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरमा आवश्यक सबै सेवासुविधाहरु रहेको पनि बताए । उनले आन्तरिक रुपमा उडान गर्ने यात्रुहरुले अन्तर्राष्ट्रिय स्तरको उडान गर्न पाउने बताए । 

प्रवक्ता बर्तौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सञ्चालनमा आउँदा उडान रद्ध हुने समस्या हट्ने बताए । उनले विमानस्थल सञ्चालनमा आएपछि पोखरामा मात्रै नभइ नेपालको पर्यटनमा कोषेढुङ्गा सावित हुने दाबी गरे । यति एयरलाइन्सले विमानस्थल सञ्चालनमा आएसँगै १० उडान थप्ने तालिका तयार पारेको पनि उनले बताए । 

पोखराबाट अन्य विमानस्थलहरुमा आन्तरिक उडान गर्नसक्ने सम्भावना रहेको भन्दै एयरलाइन्सले पोखरा–भैरहवा–भरतपुर–सिमरा–नेपालगञ्ज–विराटनगर र जनकपुर उडान गर्ने प्रवक्ता बर्तौलाले बताए । उनले यति एयरलाइन्सले पोखरालाई बेस बनाएर एउटा जहाज पोखरामा नै राख्ने तयारी गरेको बताए । 

प्रवक्ता बर्तौलाले पोखराबाट दक्षिण एशियाली मुलुक र दक्षिणपूर्वी मुलुकहरुमा चार्टर उडान भर्ने योजना बनाएको समेत जानकारी दिए । उनले पोखराबाट हुने उडानको भाडा तत्काल वृद्धि नहुने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल टाढा भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थालमा हुने सडक र ट्राफिक समस्या सरकारले तत्काल हल गर्नुपर्ने बताए । 
 
त्यस्तै, बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुचारु हुँदा उत्साहित भएको बताए । उनले बुद्धले पोखराबाट गर्ने सम्पूर्ण उडान अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने सम्पूर्ण तयारी गरेको बताए । 

प्रवक्ता कर्णले अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधाहरुहरुले पनि वायुसेवा कम्पनी उत्साहित रहेको बताए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले पोखरा विमानस्थलबाट रात्रीकालीन उडान गर्न मिल्ने हुँदा नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा फेब्रुअरीको तेस्रो सातादेखि बुद्ध एयरले उडान भर्ने बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सातै प्रदेशलाई जोड्ने गरी काठमाडौं जस्तै हेरक गन्तव्यलाई पोखराबाट जोड्ने बुद्ध एयरको तयारी रहेको पनि बताए । 
 
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा यात्रु र पर्यटकहरुलाई समेत सहजता हुने प्रवक्ता कर्णले बताए । उनले पोखरा विमानस्थलबाट बुद्ध एयरलाइन्सले यात्रुहरुलाई सहज र सरल भाडादर कायम गर्ने विश्वास व्यक्त गरे । बद्ध एयरले पोखराबाट बनारस उडानको लागि अनुमति पाएसँगै उडान भर्न तयारी गरेको पनि उनले बताए ।

Logo