भारतमा ‘द अटो एक्स्पो–२०२३’ सुरु [हेरौं तस्विरमा]

भारतमा ‘द अटो एक्स्पो–२०२३’ सुरु [हेरौं तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

भारतीय अटोमोबाइल उद्योगको सबैभन्दा ठूलो आठ दिने– द अटो एक्सपो – मोटर शो २०२३ बुधबार सुरु भएको छ । 

एक्सपोमा विभिन्न कम्पनीहरूले विद्युतीय कार र स्पोर्ट युटिलिटी भेइकल (एसयूभी) को नयाँ मोडल र कन्सेप्ट मोडलहरूलाई प्राथमिकता दिइएको छ । यो सँगै मेलामा विद्युतीय दुई पाङ्ग्रे सवारी साधन र तिनका कम्पोनेन्टहरू पनि राखिएको  छ ।

ग्रेटर नोएडाको इन्डिया एक्सपो मार्टमा आयोजना गरिएको प्रदर्शनीको पहिलो र दोस्रो दिन अर्थात बुधवार र बिहीवार मिडियाहरुका लागि मात्र खुल्ला गरिएको छ । किनबेचका लागि भने तेस्रो दिन अर्थात जनवरी १३ देखि मात्र खुल्ला हुनेछ । ८ दिने एक्स्पो जनवरी १८ तारिखसम्म जारी रहने छ । 

अटो एक्स्पो द मोटर शो–२०२३ मा ४८ सवारी साधनका निर्मातासहित ११४ उद्योगको सहभागिता रहेको छ । एक्सपोमा ५ ग्लोबल प्रिमियर सहित ७५ भन्दा बढी सवारीसाधनहरु लन्च हुने अपेक्षा गरिएको छ । एक्सपोमा टीभीएस मोटर, हिरो मोटोकर्प, होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डिया, बजाज अटो, यामाहा, मोटर इन्डिया, सुजुकी मोटरसाइकल इन्डिया, मारुती सुजुकी इन्डिया लिमिटेड र टोयोटा किर्लोस्कर मोटर्सका दुई पाङ्ग्रे र चारपाङ्ग्रे सवारीसहित ३ वटा विशेष प्याभिलियन रहनेछन् । 

                                            द अटो एक्स्पो–२०२३ तस्विरमा हेरौं 

 

Logo