अमेरिकाको सिग्नेचर बैंक पनि बन्द

अमेरिकाको सिग्नेचर बैंक पनि बन्द

केन्द्रबिन्दु
0
Shares

विश्वकै सबैभन्दा ठूलो र सबल अर्थतन्त्र भएको अमेरिकामा पछिल्लो तीन दिनको अवधिमा दुई वटा बैंक बन्द भएका छन् । अमेरिकाको नियामक निकायले सिलिकन भ्याली बैंकपछि न्यूयोर्कमा अवस्थित सिग्नेचर बैंकलाई पनि बन्द गराएका हुन् ।

यो बैंक विशेषगरी क्रिप्टो करेन्सीको कारोबार गर्दै आएको थियो । तर, अर्थतन्त्रमा समस्या आएसँगै नियामक निकाय फेडेरल रिजर्भले बैंक बन्द गराएको समाचार एजेनसीहरुले उल्लेख गरेका छन् । 

अमेरिकी समाचार संस्था सीएनबीसीले नियामकले सिग्नेचर बैंकलाई बन्द गराएको उल्लेख गरेको छ । ‘हामी यो घोषणा गर्दछौं कि सिग्नेचर बैंकमा प्रणालीगत जोखिम बढेपछि न्यूयोर्कमा आधारित बैंक बन्द गरिएको छ,’ फेडेर रिजर्भ बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ । बैंक बन्द गरिएपनि बैंकमा राखिएको डिपोजिट भने सुरक्षित छ । र, निक्षेपकर्ताले आफ्नो डिपोजिट रकम पाउनेछन् ।

यसअघि अमेरिकी नियामक नियकाले शुक्रबार अमेरिकाकै अर्को बैंक सिलिकन भ्याली बन्द गराएको थियो । 

Logo