शनिबार मात्रै खुल्ने ‘फार्मस मार्केट’, जहाँ अर्ग्यानिक नेपाली वस्तु पाइन्छ [तस्विर/भिडियाे]

शनिबार मात्रै खुल्ने ‘फार्मस मार्केट’, जहाँ अर्ग्यानिक नेपाली वस्तु पाइन्छ [तस्विर/भिडियाे]

केन्द्रबिन्दु
0
Shares

काठमाडाैंस्थित महाराजगञ्जस्थित ‘लि शेर्पा रेष्टुरेण्ट’ परिसरमा प्रत्येक शनिवार ‘फार्मस मार्केट’ स्टल राखिने गरिन्छ । करिब १२ वर्षअघि देखि सञ्चालनमा आएको यस मार्केटमा करिब सय वटाभन्दा बढी स्टलहरु राखिएका हुन्छन् । हरेक शनिबार बिहान ७ बजेदेखि दिउँसाे १ बजेसम्म लाग्ने उक्त बजारमा अर्ग्यानिक नेपाली उत्पादन मात्र पाइन्छ । बजारमा स्वदेशी तथा विदेशी ग्राहकहरुको उल्लेख्य उपस्थिति हुने गरेका छन् ।

साना व्यवसायी, किसान र ग्राहकलाई प्रत्यक्ष जोड्ने उद्देश्यसहित खोलिएको उक्त बजारमा दैनिक उपभोग्य वस्तुदेखि सजावतका नेपाली उत्पादनहरु किन्न सकिन्छ ।

सानो लगानीमा व्यवसायहरू सुरु गर्नेहरूसँग बजारको राम्रो पहुँच हुँदैन। कतिलाई त आफ्नो उत्पादन ग्राहक तथा बजारको माग अनुकूल छ/छैन पनि थाहा नहुन सक्छ। साप्ताहिक रुपमा लाग्ने यस्ता बजारहरूले साना व्यवसायी, स्टार्टअप व्यवसायी तथा किसानहरूको लागि पनि मार्केटिङ तथा आफ्नो उत्पादनको बजारीकरण गर्न राम्रो प्लेटफर्म बनेकोमा व्यापारीहरु पनि खुशी छन् ।

फार्मस मार्केटका म्यानेजर अमिता महर्जनका अनुसार ‘फार्मस मार्केट’मा शतप्रतिशत अर्ग्यानिक नेपाली वस्तुहरु मात्र बेच्न राखिएको हुन्छ । किसानहरु आफैं बजारमा स्टल राखेर बेच्न पाउने भएकाले बिचौलियाको प्रवेश आफ्नो बजारमा नरहेको म्यानेजर महर्जन बताउँछिन् ।

Logo