कुमारी बैंकको ब्याज आम्दानी ३५ प्रतिशत बढ्याे

कुमारी बैंकको ब्याज आम्दानी ३५ प्रतिशत बढ्याे

केन्द्रबिन्दु
0
Shares

कुमारी बैंकले ६ महिनामा साढे ८६ करोड खुद नाफा कमाएको छ। बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

समिक्षा अवधिमा बैंकले ८६ करोड ७२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको हो। तर, बैंकको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १४.३१ प्रतिशत कमी हो। गत आवको सोही अवधिमा बैंकले १ अर्ब १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

तर, बैंकको खुद ब्याज र कुल संचालन आम्दानी भने बढेको छ। समिक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७६ करोड ६० लाख रुपैयाँ पुगेको छ । यस्तो चार्ज बढेपछि नै बैंकको खुद नाफा प्रभावित भएको हो।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ३५ प्रतिशतले बढेको छ। सो अवधिमा बैंकको यस्तो आम्दानी ५ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ कायम भएको छ। कुल संचालन आम्दानी पनि ४५.२७ प्रतिशत बढेर ७ अर्ब २५ करोड ४० लाख रुपैयाँ कायम भएको छ । तर, बैंकको संचालन नाफामा भने सामान्य गिरावट आएको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५.०८ प्रतिशत घटेर १ अर्ब ४९ करोड घ५ लाख रुपैयाँ कायम भएको छ।

बैंकको वितरण योग्य नाफा पनि ऋणात्मक देखिएको छ। समिक्षा अवधिमा बैंकको यस्तो नाफा ३ अर्ब ७७ करोड १८ लाख रुपैयाँ ऋणात्मक देखिएको हो। हाल बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ पुगेको छ। बैंकले जगेडा तथा कोषमा पनि ९ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ राखेको छ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ०.८६ प्रतिशत र कर्जा लगानी १.६६ प्रतिशत बढेर क्रमश: ३ खर्ब १८ अर्ब ७६ करोड ५७ लाख र २ खर्ब ७५ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ कायम भएको छ।

Logo