आज सुनको मूल्य बढ्याे, कतिमा हुँदैछ किनबेच ?

आज सुनको मूल्य बढ्याे, कतिमा हुँदैछ किनबेच ?

केन्द्रबिन्दु
0
Shares

साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनकाे मूल्य ४ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख १८ हजार रुपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १८ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

तेजाबी सुन १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य भने घटेकाे छ। शुक्रबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ३ सय ९० रूपैयाँमा कराेवार भइरहेकाे छ।

Logo