नेपालमा लन्च भयो ईभी बीवाईडी सिल, कति पर्छ मूल्य ?

नेपालमा लन्च भयो ईभी बीवाईडी सिल, कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ- बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा बीवाईडी सिल सेडान भित्र्याएको छ। नेपाली बजारमा सो इलेक्ट्रिक सेडान डाइनामिक, प्रिमियम र पर्फमेन्स गरी तीन भेरिएन्टमा उपलब्ध भएको छ।

बीवाईडी सिल प्रिमियम र पर्फमेन्स दुवैमा ८२.५६ किलोवाट आवरको ब्याट्री छ भने क्रमशः २३० किलोवाट र ३९० किलोवाटको मोटर छ । यी दुई गाडीमा भएको ब्याट्रीले क्रमशः ५७० र ५२० किलोमिटर (डब्ल्युएलटीसी) रेन्ज दिने बताइएको छ।

बीवाईडी सिल डाइनामिकमा ६१.४४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाटको मोटर रहेको यसले सिंगल चार्जमा ४६० किलोमिटर (डब्ल्युएलटीसी) रेन्ज दिने कम्पनीको भनाइ छ।

यी तीन भेरिएन्टको मूल्य क्रमशः १ करोड ५ लाख, १ करोड ३९ लाख र १ करोड ८५ लाख रुपैयाँ तोकिएको छ। बीवाईडी सिलका विभिन्न भेरिएन्ट अनुसार केही फरक विशेषता पाउन सकिन्छ।

१०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, सेलेक्ट गर्न मिल्ने ड्राइभ मोड अप्सन, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम विथ एचयूडी, फ्ल्याट–बटम स्टेयरिङ ह्विल, ठूलो एसी भेन्ट, वायरलेस स्मार्टफोन चार्जरलगायत फिचर्स पाउन सकिन्छ। यसमा बीवाईडीको लोकप्रिय मानिने ब्लेड ब्याट्री रहेको छ । त्यसैगरी सुरक्षा र अन्य विभिन्न फिचर समेत रहेका छन्।

यसमा सार्प हेडल्याम्प क्लस्टर, स्मार्ट डोर ह्यान्डल, वाइड लोअर एयर इन्टेकसहितको एग्रेसिभ बम्पर, फर्वार्ड डिपिङ बनोट, स्पोर्टी अलोय ह्विल, सर्ट ओभर ह्यांग्स, बुमराङ आकारको एलईडी डीआरएल लाइटलगायत फिचर्स छन्।

Logo