बजाजले गर्‍याे पल्सर एन१५० र एन१६० काे टिजर सार्वजनिक

बजाजले गर्‍याे पल्सर एन१५० र एन१६० काे टिजर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

बजाजले सामाजिक सञ्जालमा आफ्नो आगामी बाइक पल्सर एन१५० र एन१६० को टिजर शेयर गरेको छ। सार्वजनिक भएको टिजरमा हेल्मेटमा कल र म्यासेजको आइकन देखिएको छ। यसले सो बाइकमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध गराउने अपेक्षा गरिएको छ।

टिजरमा देखिए अनुसार कम्पनीले यसपटक बाइकमा कस्मेटिक रूपमा परिमार्जन गर्न लागेको संकेत देखिन्छ । कम्पनीले यसमा धेरै नयाँ फिचरहरु पनि थप्न सकिने अनुमान गरिएको छ ।

बाइकमा स्मार्टफोन कनेक्टिभिटीको सुविधा हुनेछ, जसलाई ब्लुटुथ मार्फत जडान गर्न सकिनेछ । बाइकमा भ्वाइस इनेबल र म्यासेज अलर्ट प्रदान गरिनेछ । हाल उपलब्ध बाइकमा सेमी डिजिटल कन्सोल छ जुन ब्लुटुथमा जडान गरिएको छैन ।

सो बाइकको इन्जिनमा भने कुनै परिवर्तन गरिने छैन । यी दुवै बाइकमा १४९.६८ सीसी र १६४.८२ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन कायम रहनेछ । कम्पनीले यसको लन्चिङ मितिको बारेमा कुनै जानकारी दिइएको छैन । यद्यपि यो चाँडै लन्च गर्न सकिने अपेक्षा गरिएको छ ।

Logo