आइएमई पे एपमा रु. १ को खेलः उपहारस्वरूप अल्टिमाको प्रडक्टहरू

आइएमई पे एपमा रु. १ को खेलः उपहारस्वरूप अल्टिमाको प्रडक्टहरू

केन्द्रबिन्दु
0
Shares

नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले ‘अहिले नखेले कहिले’ नामक १ रूपैयाँको खेल आफ्नो एपमा सार्वजनिक गरेको छ । माघ महिनादेखि आफ्नो एपमा उक्त खेल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

यसअघि पनि आफ्नो एपभित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको कम्पनीले यस संस्करणमा अल्टिमा लाइफस्टाइलसँग आवद्ध भएर १ रूपैयाँ खेल सुरु गरेको छ । साथै खेलको उपहारस्वरुप १० वटा अल्टिमा लाईफस्टाईलको प्रडक्टहरु राखेको छ । आईएमई पे एपका प्रयोगकर्ताहरूले १ रूपैयाँमा आफूलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् ।

यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट- अल्टिमा बुम १६१ क्यूमा पनि आईएमई पेले मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ । साथै प्रयोगकर्ताहरूले दराज एपबाट ४ माघदेखि ८ माघसम्म अल्टिमा बुम १६१ क्यू खरिद गर्दा आईएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट पनि प्राप्त गर्न सक्ने छन् ।

Logo