१० दिने आइशर सर्भिस क्याम्प सुरु, यी स्थानबाट लिन सकिन्छ सुविधा

१० दिने आइशर सर्भिस क्याम्प सुरु, यी स्थानबाट लिन सकिन्छ सुविधा

केन्द्रबिन्दु
0
Shares

आइशर कमर्सियल भेहिकलको नेपालका लागि आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकलले सर्भिस क्याम्प सुरु गरेको छ ।

कम्पनीका अनुसार ग्राहकहरूले काठमाडौं उपत्यकामा जगाती र सतुंगलस्थित सर्भिस सेन्टरमा र बिर्तामोड, इटहरी, जनकपुर, बिरगन्ज, हेटौंडा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगडीमध्ये आफूलाई पायक पर्ने स्थानबाट सेवा लिन सक्नेछन् । त्यसैगरी डिलर मार्फत् पोखरा, बुटवल, नारायणगढ, नौबिसे,नुवाकोट, त्रिशुलीबाट पनि ग्राहकले सेवा लिन सक्नेछन् ।

यो सर्भिस क्याम्प आगामी माघ १७ गतेसम्म चल्ने छ ।

१० दिनमा १ हजार ५०० बढी गाडीको चेकजाँच एबं मर्मत सम्भार गर्ने लक्ष्य लिइएको क्याम्पमा ग्राहकले स्पेयर्स पार्ट्समा १२ प्रतिशत, लुब्रिकेंट्समा २० प्रतिश र विशेष मर्मतमा २५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । साथै नियमित मर्मत सम्भार, ड्राइभर ट्रेनिंग, ब्याट्री तथा वायरिंग चेक–अप निशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

Logo