यी हुन् राजस्व संकलनमा योगदान गर्ने प्रमुख १० वस्तु, आयातमा खुम्चिएकाे अटो पनि तेस्राेमा

यी हुन् राजस्व संकलनमा योगदान गर्ने प्रमुख १० वस्तु, आयातमा खुम्चिएकाे अटो पनि तेस्राेमा

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्षको आधा समय सकिँदा सरकारले ५१५ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ। अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सरकारले कुल ६६८ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, ६ महिनामा यसको ७७ प्रतिशत मात्रै संकलन भएको हाे । पुस महिनामा १३४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

याे अवधिमा भन्सार विभागले डिजेललाई पहिलो, पेट्रोललाई दोस्रो, एलपी ग्यासलाई तेस्रो, एचआरसिटलाई चौथो, शुद्ध फलामलाई पाँचौँ, तयारी कपडालाई छैटौँ, मोबाइल टेलिफोनलाई सातौँ, अन्य एलोपेथिक औषधिलाई आठौँ, विद्युत्बाट सञ्चालित जिप, कार र भ्यानहरूलाई नवौँ र सुनलाई दशौं स्थानमा राखेर आयात हुने प्रमुख १० वस्तु भनेको छ । तर, यी सबै राजस्व संकलनमा योगदान गर्ने १० वस्तुमा भने पर्दैनन् ।

राजस्व याेगदानमा डिजेल र पेट्रोल मात्रै अगाडि छन् । भन्सार राजस्वमा पहिलो र दोस्रो स्थान ओगटेको क्रमशः डिजेल र पेट्रोलको आयात भने नेपालमा आयात हुने १० प्रमुख वस्तुको पनि पहिलो र दोस्रो स्थानमै प्रभुत्व रहेको छ । अघिल्लो वर्षको पहिलो छ महिनामा ७० अर्ब ११ करोड रुपैयाँको डिजेल आयात गरेर २३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन भएकामा चालू आवको पहिलो छ महिनामा डिजेलको आयात गतवर्षको सोही अवधिको तुलनमा केही घटेर ६६ अर्ब ४९ करोड रुपैयाँको मात्र आयात हुँदा २५ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, पेट्रोलको आयात गतवर्षको पहिलो छ महिनामा भन्दा केही वृद्धि भएको छ ।

भन्सार विभागका अनुसार गतवर्ष पुस मसान्तसम्म ३३ अर्ब ५४ करोड रुपैयाँको पेट्रोल आयात हुँदा १८ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन भएकामा चालू आवको पहिलो छ महिना अर्थात् पुस मसान्तसम्म ३३ अर्ब ९२ करोड रुपैयाँको पेट्रोल आयात हुँदा १९ अर्ब ४४ रुपैयाँ राजस्व संकलन भएको छ ।

साथै तेस्राे नंबरमा अटोमोबाइल अन्तर्गत पेट्रोलबाट चल्ने जिप, कार र भ्यानहरू रहेका छन् । पेट्रोल/डिजेलबाट चल्ने जिप, कार र भ्यानको आयात निकै नै कम छ, तर राजस्वमा भने यसको योगदान तेस्रो रहेको हाे। चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो छ महिनामा यस्ता जिप, कार र भ्यानको आयात दशौँ स्थानमा पनि पर्न सकेको छैन । यद्यपि अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा जिप, कार र भ्यानहरूबाट राजस्व भने दोब्बरभन्दा बढीले वृद्धि भएको छ । यसकाे आयातबाट चालू आवको पहिलो छ महिनामा सात अर्ब ५४ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । अघिल्लो वर्षको साेही अवधिमा तीन अर्ब २३ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएकाे थियाे ।

साथै क्रमशः तयारी कपडा, विद्युतबाट सञ्चालित जिप, कार र भ्यानहरू, एलपी ग्यास, मोटरसाइकल (अन एसेम्बल्ड), मोटरसाइकल, एचआरसिट र मोबाइल टेलिफोनले राजस्वमा याेगदान दिएका छन् ।

Logo