सहकारी प्रकरणमा रवि लामिछानेबारे ग्लोबल आइएमई बैंकले दियाे यस्ताे प्रष्टिकरण

सहकारी प्रकरणमा रवि लामिछानेबारे ग्लोबल आइएमई बैंकले दियाे यस्ताे प्रष्टिकरण

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आइएमई बैंकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खातामा १ करोड ८० लाख जम्मा नभएको प्रष्टिकरण दिएको छ ।

सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको हो । ग्लोबल आइएमई बैंकको एउटा ‘स्लिप’ सहित लामिछानेले अनाधिकृतरुपमा पैसा लिएको समाचार सार्वजनिक भएको थियो । पत्रमा लेखिएको छ, ‘उल्लेखित मिति १७/०६/२०२२ मा त्यहाँको यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर ‘। मा रु. १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसीसी मार्फत चेक क्लीयरिङमा पठाउँदा अपर्याप्त ब्यालेन्सको कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको ब्यहोरा जानकारी गर्दछौँ ।’

आजै सभापति लामिछानेले गरेकाे पत्रकार सम्मेलनमा पनि ग्लोबल आइएमई बैंकबाट आफ्नो खातामा पैसा सहकारीबाट नआएको विवरणसहितको पत्र प्राप्त भएको बताएका थिए । उनले भनेका थिए, ‘सम्बन्धित सञ्चार माध्यमका साथीहरुलाई आजसम्म पर्खिदिनुस् भनेको थिएँ, पर्खिनुभएन । आज बैंकबाट मेरो खातामा समाचारमा दाबी गरिएको एक करोड ८० लाख रुपैयाँ नआएको बैंकले विवरणसहितको पत्र आएको छ ।’

आफूलाई लागेका आरोप प्रमाणित गर्न चुनौती दिँदै उनले दोषी भएमा कारबाही भोग्न तयार रहेको समेत स्पष्ट पारे । उनले भने, ‘ग्यालेक्सी टेलिभिजन छाड्दा मेरो खातामा १ करोड ८० लाख जम्मा भएको समाचार आयो, त्यो सहकारीकै पैसा हो भनेर स्थापित गर्न खोजियो, त्यो गलत हो । मेरो नाममा एउटा स्लीप देखाइएको छ । थाहा नभएको कुरालाई थाहा छैन नभनेर के भन्ने ? मैले आज बैकबाट विवरण मागेँ, विवरणमा मेरो नांममा १ करोड ८० लाख जम्मा हुँदा सो रकम खाता क्रेडिट गरिएको तर उक्त चेक क्लियरिङमा पठाउदा अपर्याप्त रकम हुँदा जम्मा नभएको लेखिएको छ ।’

Logo