एलजी फ्ल्यागसिप शोरुमहरु पुनः शुभारम्भ

एलजी फ्ल्यागसिप शोरुमहरु पुनः शुभारम्भ

केन्द्रबिन्दु
0
Shares

चौधरी ग्रुपअन्तर्गत जावलाखेलमा रहेको एलजी ब्राण्ड मातहतका एलजी शपि शोरुमहरु विश्वस्तरिय स्तरमा अपग्रेड भई पुनः शुभारम्भ गरिएकाे छ । एलजी ईलेक्ट्रोनिक्स् इन्कका एक्स्पोर्ट निर्देशक केइथ कि सू चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणा चौधरीले सोमबार पुनः शुभारम्भ गरेका हुन् ।

आधुनिक तथा प्रविणतम डिजाइनमा खोलिएको यी शोरुममा एलजी ब्राण्डका घरायसी बिद्युतीय सामाग्रीहरु जस्तै एलइडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिसवासर, एअरकन्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरलगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध छन् । जावलाखेल एलजी रिटेलरका सञ्चालक वसन्त पालका अनुसार ग्राहकवर्गहरुले दक्ष र अनुभवी प्रतिनिधीहरुबाट यहाँ भएका बिद्युतीय सामाग्रीहरुबारे जानकारी लिन सक्नेछन् । उनका अनुसार यो शोरुम हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका ७ः३० बजेसम्म खुल्ला रहनेछ ।

ग्राहकवर्गलाई थप जानकारी चाहिएमा निम्न फोन नंम्बरहरु ०१–५५४६६१२ (जावलाखेल), ०१–४१०६५३० (मिनभवन), ०१–४०३४५६२ (सितापाइला), ०१–४५६१२३४ (चाबहिल), ०१– ५३१८९१६ (कान्तिपथ), ०१–५२००४२६ (इमाडोल) र ०२१–५२०२६६ (बिराटनगर) मा सम्पर्क गर्न सक्नेछन् ।

यस एलजी शोरुमको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्री-गिफ्ट ह्याम्पर, शून्य प्रतिशत किस्ताबन्दी, एक्सचेन्स अफर तथा लोएल्टी प्रोग्रामको पनि सुविधा प्रदान गरिएकाे छ । यस्तै, दक्ष विशेषज्ञबाट बिभिन्न एलजीका सामाग्रीहरुको लाइभ डेमो, पर्सनल एक्सपिरियन्स जोन र कुकिङ क्लासको सेवा प्राप्त गर्न सकिन्छ । यसका साथै एलजी शपि शोरुमले फ्री–डेलिभरी, फ्री इन्स्टलेशन(एलजी सर्टिफाईड) र प्रिभेन्टेटिभ मेन्टेनेन्स सर्विस(पिएमएस) सेवाहरु पनि प्रदान गर्र्ने कम्पनीले जनाएको छ ।

Logo