यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मुल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २८०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ८० र स्ट्रबेरी भुई ऐसेलु ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५०, लोकल सानो गोलभेँडा १४, अदुवा १६०, रातो आलु ३३, रातो भारतिय आलु २८ रूपैयामा कारोबार हुँदा स्थानीय काउली ३०, कागती २००, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लौका ६०, लोकल सेतो मूला १० र रातो मूला १५, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी १३०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ५० रूपैयाँमा खरिद बिक्र हुँदैछ भने तोरीको साग ४० र रायोको साग ३० रुपैयाँमा खरिद बिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७८, हरियो प्याज १०० र पुदीना ३२० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ११०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी ८०, र हरियो धनिया ९० रुपैयाँ पाइने समितले जनाएको छ। उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३६० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

Logo