१० करोड लगानीमा सञ्चालनमा आयाे ‘होटल वृन्दावन’

१० करोड लगानीमा सञ्चालनमा आयाे ‘होटल वृन्दावन’

केन्द्रबिन्दु
98
Shares

वीरगञ्ज । वीरगञ्जमा सुविधा सम्पन्न होटल वृन्दावन संचालनमा आएको छ। वीरगञ्ज महानगरपालिका वडा न.४ काे दुई नम्बर रोड, कन्या स्कुलको सामुन्ने रहेको होटल वृन्दावन १० करोडको लागतमा तयार भएको हो।

होटलको ओपनिङलाई पारेर नर्मल एसि रुमको चार्ज २२ सय र खाजाको ब्यवस्थासहित ३० प्रतिशत छुट दिएकाे छ।

५ तल्ले भवनमा ३० वटा आधूनिक इन्टेरियरमा तयार गरिएका आरामदायी रुम रहेको होटेल सञ्चालक पप्पु सरार्फले जानकारी दिए। याे हाेटेल एक विशेष कार्यक्रमकाबीच वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले होटलको उद्घाटन गरेका हुन्। ग्राउन्ड फ्लोरमा पार्किङ्गको सुविधा रहेको याे हाेटेलमा पहिलो तल्लामा रेस्टुरेन्ट,दोस्रो तल्लामा २ वटा ब्यान्केट हल, १ वटा मिटिङ्ग हल रहेको रहेका छन्।

त्यसैगरी तेस्रो र चौथो तल्लामा बास बस्नको लागि एसि रुमहरु रहेका छन्। होटलको ओपनिङलाई पारेर नर्मल एसि रुमको चार्ज २२ सय र खाजाको ब्यवस्थासहित ३० प्रतिशत छुट दिएकाे छ। साथै एसिसहित स्विट रुमलाई ६ हजार दर रेटसहित ३० प्रतिशत अतिरिक्त छुट कायम गरेकाे सर्राफले बताए।

संचालक सरार्फले भने, ‘नेपाली होटलहरुमा पहिलो पटक हुनुपर्छ जहाँ हामीले ब्यान्क्वेटको इन्टेरियर पूर्णतः गोल्डेन शिशाका फ्लेकहरु प्रयोग गरेका छौँ। यसले पार्टि भेन्यूलाई अझ रिच, ल्याभिस र सकारात्मक महशुस गराउनेछ, ब्रिटिश शैलीमा तयार गरिएको रेस्टुरेन्ट ओपन छ, यसमा पनि हामीले खाना अथवा खाजामा आउने ग्राहकलाई २० प्रतिशत छुटको व्यवस्था गरेका छौँ।’ छुटको व्यवस्था आजदेखि ६ महिनासम्मको लागि लागू हुने समेत सर्राफले बताए ।

Logo