नियमित विद्युत आपूर्ति गर्न उद्योग संगठन मोरङको माग

नियमित विद्युत आपूर्ति गर्न उद्योग संगठन मोरङको माग

केन्द्रबिन्दु
0
Shares

मोरङ । उद्योग संगठन मोरङले नियमित विद्युत आपूर्ति गर्न माग गरेको छ । विद्युत आपूर्तिमा विगत केहि समयतया बिहान र बेलुकी गरी ८ घण्टासम्म बिना पूर्व सूचना भइरहेको विद्युत अवरोधले उद्योग व्यवसाय सञ्चालनमा कठिनाई भएको भन्दै उक्त संगठनले यस्तो माग गरेको हो ।

संगठनका अध्यक्ष राकेश सुरानाले अर्थतन्त्र सुस्तता छाएको अवस्थामा विद्युत आपूर्तिमा अवरोध हुँदा उद्योगी व्यवसायी माथि बज्रपात थपिएको बताए । उनले आर्थिक विकासका मेरुदण्डका रुपमा रहेका उद्योगहरु माथि एकपछि अर्को समस्याहरु थपिरहँदा समेत समस्या समाधानमा सरोकारवाला निकायबाट खासै चासो व्यक्त नहुदा औद्योगिक क्षेत्रको सञ्चालन भगवान भरोसाको अवस्थामा पुगेको बताए ।

निरन्तर संचालनमा रहनुपर्ने उद्योगहरुमा यसरी पूर्व सूचना बिना विद्युत आपूर्ति बन्द हुँदा उत्पादन प्रकृया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी बिग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई भई अनावश्यक आर्थिक भार बहन गर्नु परिरहेको प्रति गम्भीर हुन आग्रह गर्दै उद्योग व्यवसायको सहज संचालनका लागि विद्युतको सहज एवं निरन्तर आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरण तथा नेपाल सरकारका सम्बन्धित निकायसमक्ष संगठनले आग्रह गरेको छ ।

Logo