वर्ल्डलिंकले ल्यायो “स्मार्ट कम्बो डिल”, ५० प्रतिशतसम्म छुट पाइने

वर्ल्डलिंकले ल्यायो “स्मार्ट कम्बो डिल”, ५० प्रतिशतसम्म छुट पाइने

केन्द्रबिन्दु
0
Shares

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले “स्मार्ट कम्बो डिल” नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ ।

कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ । यस अफरअन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

४,४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २,२४९ रुपैयाँमा र ३,२९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १,६९९ रुपैयाँमै यस अफर अन्तर्गत पाउन सकिनेछ ।

यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध छ । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ । साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउ6र समेत निःशुल्क पाउनेछन् ।

यो अफर पाउनका लागि ग्राहकले नजिकैको वर्ल्डलिंकको कार्यालयमा जानुपर्नेछ ।
यो अफर सिमित अवधिको लागि लागू हुने कम्पनीले जनाएको छ ।

Logo