नाडामा समितिका सभापति चयन, ‘अटो शो’को संयोजकमा अनुप बराल

नाडामा समितिका सभापति चयन, ‘अटो शो’को संयोजकमा अनुप बराल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले समितिको सभापति चयन गरेको छ। नाडाको मंगलबार बसेको कार्यसमिति बैठकले समितिको सभापति चयन गरेको हो ।

बैठकले सबैभन्दा धेरै चर्चा हुने नाडा अटो शो संयोजकमा अनुपकुमार बराललाई सभापति चयन गरेको हो। यसअघि नयाँ कार्यसमिति चयन हुँदा नअटाएका बराललाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ। त्यसैगरी उनलाई आमन्त्रीत सदस्य पनि बनाइएको हो ।

त्यस्तै बैठकले राजश्व समिति सभापतिमा बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा चयन भएका छन्। स्कील डेभलपमेन्ट र इलेक्ट्रीक भेहिकल समितिको सभापति राजनबाबु श्रेष्ठलाई चयन गरेको हो । श्रेष्ठ नाडाका उपाध्यक्ष हुन्।

अर्का उपाध्यक्ष निराकार श्रेष्ठ चारपाङ्ग्रे भेहिकल समिति सभापति चुनिएका छन् । यसअघि पनि श्रेष्ठ यहि समितिमा थिए । कोषध्यक्ष मिलनबाबु मल्ल हेभी इक्यूपमेन्ट समिति सभापति चयन भएका छन्।

प्रदेश समन्वय तथा सदस्यता वितरण समितिमा प्रकाश कपुरी, दुई पाङ्ग्रे सवारीसाधन कमिटिमा अभिक ज्योति, वातावरणमा कपिल शिवाकोटी, स्पेयर पार्टस्मा दिपेन्द्र मिश्रा, डिष्ट्रीब्यूटर तथा डिलर समन्वय समितिमा दिपकराज गिरी चयन भएका छन्।

Logo