वैदेशिक रोजगारीमा रहेकाले सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेकाले सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। सर्वोत्तम सिमेन्टले स्थानीय बासिन्दाका लागि खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ।

स्थानीय बासिन्दाले अब माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन्। सर्वोत्तमले जारी गरेको आईपीओमा स्थानीय बासिन्दाबाट निर्धारित समय अर्थात माघ १० गते सम्म माग अनुसार आवेदन नपरेका कारण म्याद लम्ब्याइएको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई खुला गरेको आइपीओमा आवेदन दिने म्याद भने आज अन्तिम हो। उनीहरुले बुधबार कार्यालय बैंकिङ समयसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट मागभन्दा बढी आवेदन परिसकेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो।

सर्वोत्तमले बुक विल्डिङ विधिबाट आइपीओ जारी गरेको हो। उक्त आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ। स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि छुट्याएको छ।

Logo