भेस्पा अप्रिला खरिद गर्दा सरल फाइनान्स सुविधा पाइने

भेस्पा अप्रिला खरिद गर्दा सरल फाइनान्स सुविधा पाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। डेल्टा अटोकर्प र हुलास फिनसर्भको साझेदारीमा भेस्पा अप्रिला खरिदकर्ताले सरल रुपमा फाइनान्स सुविधा प्राप्त गर्न पाइने भएको छ। भेस्पा अप्रिला नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुविधा उपलब्ध गराउनका लागि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँग साझेदारी गरेको हो।

नेपालका लागि भेस्पा अप्रिला स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिका अनुसार ग्राहकहरुले स्कुटरको मुल्यको ६० प्रतिशतसम्म फाइनान्स गर्न सकिने र सो कर्जाको भुक्तानि अवधि ६ देखि २४ महिनासम्म रहनेछ । यो सुविधा नेपालभरका भेस्पा अप्रिला स्कुटरका शोरुमहरुमा उपलब्ध रहनेछ।

डेल्टा अटोकर्प प्रालिका सीईओ तथा निर्देशक विजय महतोले डेल्टा अटोकर्प आफ्ना ग्राहकबर्गहरु प्रति समर्पित भएको र यो घोषणा गर्न पाउँदा उत्साहित भएको बताएका छन्।

डेल्टा अटोकर्प प्रालि र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले यस सहकार्यमार्फत ग्राहकहरुलाई उत्कृष्ट फाइनान्सिङ सेवा उपलब्ध गराउने र बजारमा आफ्नो पकड बलियो बनाउने बताएका हुन्।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका महाप्रबन्धक समिर ठाकुर भन्छन्, ‘हाम्रो सरल फाइनान्स सुबिधाले ग्राहकहरुका लागि फाइनान्समा स्कुटर खरिद गर्न अबिश्वसनिय रुपमा मद्दत पु-याँउछ। हाम्रो सरल र सुलभ फाइनान्स प्रक्रियाले डेल्टा अटोकर्पसँग साझेदारी गर्दै ग्राहकहरुलाई सुबिधाजनक र सरल फाइनान्स सुबिधाहरु प्रदान गर्नेछौँ।’

Logo