राष्ट्र बैंकमार्फत सरकारले १० अर्ब आन्तरिक ऋण उठाउँदै

राष्ट्र बैंकमार्फत सरकारले १० अर्ब आन्तरिक ऋण उठाउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्दै नेपाल सरकारले १० अर्बको आन्तरिक ऋण उठाउँ लागेको हो। यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन्।

केन्द्रीय बैंकले एक सुचना जारी गर्दै नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन लागेको जनाएको छ। बैंकले ५ वर्ष अवधि भएको विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गर्न लागेको हो ।

आज दिउँसो २ बजे उक्त विकास ऋणपत्र बोलकबोल हुनेछ भने यसको निष्कासन मिति भने माघ १२ गते तोकिएको छ। साँबा भुक्तानी मिति भने २०८५ माघ १२ गते तय भएको छ।

बैंकका अनुसार उक्त ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने ब्याजमा कर पनि लाग्नेछ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख गरिएको छ ।प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५% र १५% छुट्याइएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ।

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ।

Logo