प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त सिइओमा सन्तोष प्रसाईं

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त सिइओमा सन्तोष प्रसाईं

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईंले पाएका छन्। रमेशकुमार भट्टराईले राजीनामा दिएर बाहिरिएपछि उनले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन्।

वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका प्रसाईंलाई सञ्चालक समितिको बुधबारकाे बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको हो। उनले नेपाल लाईफ इन्स्योरेन्समा समेत प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ।

चार्टर्ड अकाउण्टेन्टसमेत रहेका प्रसाईं तत्कालीन प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए। जब प्रभू लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स एकापसमा मर्ज भए, मर्जरपछिको एकीकृत प्रभू महालक्ष्मी लाईफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रसाईंले जिम्मेवारी सम्हालिरहेका थिए।

Logo