नेपाल पेमेन्ट सोलुसनले आइपीओ निष्कासन गर्ने

नेपाल पेमेन्ट सोलुसनले आइपीओ निष्कासन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। नेपाल पेमेन्ट सोलुसन लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यी दुई कम्पनीबीच भएको सम्झौतापत्रमा नेपाल पेमेन्ट सोलुसनकातर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १ सय रुपैयाँ अंकित दरमा ३ लाख ५ हजार ६ सय कित्ता साधारण सेयर निष्कासनको तयारी गरेको हो।

Logo