हिरो मोटोकर्पको एक्सट्रिम १२५आर भारतीय बजारमा लन्च [विशेषतासहित]

हिरो मोटोकर्पको एक्सट्रिम १२५आर भारतीय बजारमा लन्च [विशेषतासहित]

केन्द्रबिन्दु
0
Shares

हिरो मोटोकर्पको प्रतिक्षित एक्सट्रिम १२५आर बाइक भारतीय बजारमा लन्च भएको छ । कम्पनीले १२५ सीसी कम्युटर मोटरसाइकल सेगमेन्टलाई पुनः सक्रिय गर्न आफ्नो नयाँ उत्पादन हिरो एक्सट्रिम १२५आर बाइक लन्च गरेको हो ।

युवावर्गलाई लक्षित गरी डिजाइन गरिएको यस बाइकको एलिमेन्टमा एलईडी पोजिसन लाइटसहितको एग्रेसिभ हेडल्याम्प, ट्याङ्क श्राउडले घेरिएको फ्युल ट्यांक, स्लिक टेल सेक्सन, स्टबी एग्जस्ट र मल्टि–स्पोक ह्विल समावेश छ । यो डायमण्ड फ्रेममा निर्मित छ ।

आईबीएस र सिंगल च्यानल एबीएस गरी दुई भेरिएन्टमा उपलब्ध रहेका एक्सट्रिम १२५आर फरक तीन कलरमा उपलब्ध छ । यस बाइकमा अल एलईडी लाइटिङ सेटअप र एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता फिचर समावेश छन् ।

कम्पनीका अनुसार एक्सट्रिम १२५आर बाइकमा नयाँ इन्जिन १२५ सीसी सिंगल–सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ, जसले ११.५ बीएचपीको पावर र १०.५ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड ट्रान्समिसनसँग जोडिएको छ । यसले ६६ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी छ । यसले भारतीय बजारमा टीभीएस रेडर १२५ सँग प्रतिस्पर्धा गर्नेछ ।

Logo