डिजिटल रूपान्तरणको साताैं वर्ष मनाउँदै खल्ती, ल्यायाे आकर्षक अफर

डिजिटल रूपान्तरणको साताैं वर्ष मनाउँदै खल्ती, ल्यायाे आकर्षक अफर

केन्द्रबिन्दु
0
Shares

खल्तीले आफ्नो सातौँ वार्षिकोत्सव मनाएकाे छ । २०१७ मा माेबाइल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले इभेन्ट टिकटिङदेखि सरकारी सेवास‍म्मको काराेबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्न सफल भएको छ ।

निकै कम समयमा पनि नेपालको डिजिटल कारोबारकाे करिब एक चौथाई ओगट्न सफल खल्तीले दैनिक करिब ३ लाख वटा भन्दा बढी कारोबारद्वारा लाखाैँ प्रयाेगकर्ताहरूको जनजिवन सहज बनाईरहेकाे छ भने एक लाख भन्दा बढि साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रतक्ष रूपमा खल्तीकाे डिजिटल भुक्तानि सेवाबाट लाभान्वित भइरहेका छन् ।

आफ्नाे स्थापनाकाे छाेटाे अबधीमा नै‍ खल्तीले करिब ४० लाख भन्दा बढी प्रयोगकर्ता, एक लाख बढी एजेन्ट, ६० हजार बढी मर्चेन्ट, ५० बढी बैंक तथा वित्तीय संस्था र १५ सय सहकारीको विश्वास जित्दै निरन्तर साथ पाउन सफल भएको छ ।

यसबारे खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्का भन्छन्, ‘आजको दिन सात वर्षको यात्रा सम्म आइपुग्दा आधारभूत उपयोगिता भुक्तानीबाट सुरु गरेको हाम्रो यात्रा आजको दिनमा घरमै बसेर अधिकांश सेवाहरू लिन मिल्ने व्यवस्था सम्म पुर्याउन सफल भएका छौं । अबको हाम्रो प्रतिबद्धता खल्तीलाई फाइनान्सिएल लाइफस्टाइल ब्रान्डको रूपमा स्थापित गर्ने भएकोले हामी त्यसै अनुरूप खल्तीलाई भुक्तानी मात्र नब‍भई लगानी तथा आफ्नाे वित्तिु‍य व्यवस्थापन गर्ने प्लेटफर्मकाे रुपमा स्थापित गर्न विभिन्न नवीन सेवाहरू थपी आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न खल्ती प्रतिबद्ध छ ।’

साताैँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले १२ माघ देखि १८ माघसम्म पहिलाे बैंक लिकं भुक्तानीमा प्रयोगकर्ताहरूलाई ७७ काे क्यासब्याकको अफर उपलब्ध गराएको छ । यसका साथै खल्तीले ‘खल्ती जर्नी’ अफर पनि उपलब्ध गराएको छ । यस अनुसार प्रयोगकर्ताहरूले खल्ती एपमा राईट स्वाइप गरी तोकिएको शीर्षक अनुसारको भुक्तानीमा इन्स्टेन्ट रिवार्ड जस्तैः खल्ती ब्यालेन्स , खल्ती पाेईन्ट , कुपनहरू र अन्य विभिन्न उपहार जित्न सक्नेछन् ।

‘खल्ती जर्नी’ मा १ देखि ७ वर्ष को शीर्षकमा विभिन्न चरणमा विभिन्न कार्य ताेकिएकाे छ । सोही अनुसारकाे चरणहरू पार गर्दै प्रयोगकर्ताहरूले विजेता बन्न सक्नेछन् । भुक्तानी मात्र नभई खल्ती क्विज, बैंक ट्रान्सफर, भाेटिङ , दामी क्यु आर र फ्री विड्र बैंक खाता सेटअप जस्ता खल्ती विशेष ईनाेभेसनहरूको चरण पार गर्न गर्दै रिवार्डकाे लाभ उठाउन सक्नेछन् ।

Logo