टीसीएल इलेक्ट्रोनिक्सले पायो ४० बढी अवार्ड

टीसीएल इलेक्ट्रोनिक्सले पायो ४० बढी अवार्ड

केन्द्रबिन्दु
0
Shares

विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी टीसीएल इलेक्ट्रोनिक्सले ईसीएस २०२४ मा शानदार सफलता प्राप्त गरेको छ । विभिन्न प्रकारका उत्पादनहरूका लागि ४० भन्दा बढी प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेको कम्पनीले जनाएकाे हाे ।

कम्पनीका अनुसार टीसीएलको उपलब्धिको प्रमुख कुरा ११५–इन्च क्यूएम८९१जी रह्यो, जसलाई २०२३–२०२४ ग्लोबल टप ब्रान्ड्स अवार्ड समारोह (जीटीबी) मा ‘इनोभेटिभ डिस्प्ले टेक्नोलोजी गोल्ड अवार्ड अफ द इयर’ को साथ आफ्नो नवीन डिस्प्ले टेक्नोलोजीका लागि मान्यता दिइएको छ।

एसिया डिजिटल समूह र युरोपेली डिजिटल समूहद्वारा समर्थित यस कार्यक्रमले विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा टीसीएलको ख्यातिलाई उजागर गरेको छ।
उच्चस्तरीय टिभी, टीसीएलको स्मार्टफोन, नेक्स्टपेपर ३.० डिस्प्ले टेक्नोलोजी सहितको ट्याब्लेट, रेनिओ एक्स२ लाईट एआर ग्लासेस र क्यू क्लास साउन्डबारको पनि समारोहमा प्रशंसा गरिएकाे थियाे ।

कम्पनीले ‘२०२३–२०२४ ग्लोबल सीई ब्रान्ड्स टप १०, २०२३–२०२४ ग्लोबल टिभी ब्रान्ड्स टप १०,र २०२३–२०२४ ग्लोबल सीई ब्रान्ड्स टप ५०’ को रूपमा चर्चा पनि हासिल गरेको छ। सीईएस २०२४ इन्नोभेसन अवार्ड मोबाइल डिभाइस एक्सेसरिज एन्ड एप्स’ कोटिमा टीसीएल ४० नेक्स्टपेपर स्मार्टफोनलाई प्रदान गरिएको थियो। जुन उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दै मानव आँखाका लागि अप्टिमाइज गरिएको संसारको पहिलो स्मार्टफोनको रूपमा मान्यता प्राप्त गर्यो।

यसबाहेक, टीसीएलले अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरूबाट धेरै ‘वेस्ट अफ सीईएस २०२४’ अवार्डहरू प्राप्त गर्यो, जसले नवीन प्रविधिहरू र उत्कृष्ट उत्पादनमा आफ्नो प्रतिबद्धता झल्काएको छ। टीसीएलको एक्स९५५ र सी७५५ टीभी शृङ्खलाको भिजुअल अनुभवको लागि टीयूभी रेनल्यान्ड र सी२०२४ मा २७आर८३यू/३४आर८३क्यू प्रोफेशनल मनिटर शृङ्खलाको पेन्टोन भ्यालिडेटेड रिकोनाइसनका लागि प्रमाणपत्रहरू मार्फत सम्मानित गरिएको छ।

विश्वव्यापी रूपमा १६० भन्दा बढी बजारहरूमा सञ्चालन गर्दै, टीसीएल इलेक्ट्रोनिक्सले विकास र प्रयोगकर्ता सशक्तिकरणलाई बढावा दिँदै आएको कम्पनीले जनाएकाे छ ।

Logo