२० वाणिज्य बैंकहरुमध्ये १८ बैंकको खराब कर्जा बढ्याे, कुन बैंकको कति छ निस्कृय कर्जा ?

२० वाणिज्य बैंकहरुमध्ये १८ बैंकको खराब कर्जा बढ्याे, कुन बैंकको कति छ निस्कृय कर्जा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । २० वाणिज्य बैंकहरुमध्ये १८ बैंकको खराब कर्जा बढेको छ। वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्मको सर्वजनिक गरेको वित्तीय विवरणमा यस्तो देखिएको हो।

सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको चालु आवको पुस मसान्तसम्ममा ४.९७ प्रतिशत रहेको छ । यो गत आवको पुस मसान्तसम्ममा भन्दा १.८२ प्रतिशतले बढी हो । अर्थात गत आवको सोही अवधिमा कुमारीले ३.१५ प्रतिशत मात्र खराब कर्जा रहेको थियो ।

गत आर्थिक वर्ष २०७९–०८० को पुस मसान्तसम्मको भन्दा चालु आर्थिक वर्षको पुस मसान्तसको तुलनामा २ वाणिज्य बैंकहरुको मात्र निस्कृय कर्जा घटेको छ । औसतमा ३.४० प्रतिशत खराब कर्जा देखिएको छ । गत वर्ष सोही अवधिमा २.३५ प्रतिशत मात्र बैंकहरुको खराब कर्जा थियो ।

गत वर्षको पुस मसान्तको तुलनामा सरकारी स्वामीत्व रहेको कृषि विकास बैंक र सिद्धार्थ बैंकको खराब कर्जा घटेको छ । कृषि विकासको चालु आवको पुस मसान्तसम्ममा ३.०२ प्रतिशत खराब कर्जा छ भने गत वर्षको सोही अवधिमा ४.५२ प्रतिशत खराब कर्जा थियो । कृषि विकासको गत वर्षको तुलनामा १.५० प्रतिशतले निस्कृय कर्जा घटाएको छ ।

गत आवको दोस्रो त्रैमासमा भन्दा ०.३१ प्रतिशतले सिद्धाथ बैंकले निस्कृय कर्जा घटाएको छ । सिद्धार्थले गत आवको पुस मसान्तसम्ममा २.८७ प्रतिशत निस्कृय कर्जा थियो भने चालु आवको सोही अवधिमा २.५६ प्रतिशत मात्र निस्कृय कर्जा छ ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम एभरेष्ट बैंकको खराब कर्जा छ भने सबैभन्दा बढी कुमारी बैंकको रहेको छ । चालु आवको पुस मसान्तसम्म एभरेष्टको ०.७७ प्रतिशत खराब कर्जा छ भने गत आवको सोही अवधिमा ०.५५ प्रतिशत मात्र खराब कर्जा थियो। एभरेष्टको गत वर्षको तुलनामा ०.२२ प्रतिशतले बढी खराब कर्जा भएको छ

कुन बैंकको कति छ निस्कृय कर्जा ?

Logo