ग्लोबल डिष्ट्रिब्युटर समिटमा सिजी ग्रुपका निर्माण चौधरी सहभागी

ग्लोबल डिष्ट्रिब्युटर समिटमा सिजी ग्रुपका निर्माण चौधरी सहभागी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। हिरो मोटरसाइकल र स्कुटरको नयाँ डिलरशिप पाएको सीजी मोटर्स पहिलो पटक ग्लोबल डिष्ट्रिब्युटर समिटमा सहभगाी भएको छ । सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्माण चौधरीले सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गर्दे सहभागी भएकाे जनाएका हुन्।

उनले भनेका छन, ‘जयपुरमा आयोजना भएको हिरो मोटोकर्पको ग्लोबल डिष्ट्रिब्युटर समिटमा सहभागी हुन पाउँदा निकै हर्षित छु। कम्पनीका चेयरम्यान डा. पवन मुन्जालले हिरो मोटोकर्प परिवारमा स्वागत गर्नु भएको छ ।’

हिरो मोटोकर्पले आफ्नो ३ दशक भन्दा पुरानो बिक्रेता नेपाल जनरल मार्केटिङलाई हटाएर नयाँ बिक्रेतामा सिजी मोटर्सलाई नियुक्त गरेको थियो।

Logo