अरुण भ्याली हाइड्रोपावरको सत प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अरुण भ्याली हाइड्रोपावरको सत प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। आज अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयरको लागि माघ १५ गते बुक क्लोज गर्ने निर्णय गरेको कारण आजसम्म कायम शेयरधनिले मात्रमै उक्त हकप्रदमा आवेदन दिन पाउँनेछ।

अरुण भ्यालीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ। कम्पनीले सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो।

हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले जानकारी गराएको छ।

Logo