होण्डाका मोटरसाइकल र स्कुटरमा आकर्षक छुट र सर्भिसिङकाे अफर

होण्डाका मोटरसाइकल र स्कुटरमा आकर्षक छुट र सर्भिसिङकाे अफर

केन्द्रबिन्दु
0
Shares

होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले आकर्षक अफर ल्याएको छ ।

‘होण्डा छ साथ साथ’ नामक यस अफरअन्तर्गत मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले स्क्र्याचमार्फत ७ हजारसम्म नगद छुट र ७ वर्षसम्म निःशुल्क सर्भिसिङ पाउने कम्पनीले जनाएको छ । यो अफर नेपालभर सञ्चालनमा रहेका होण्डाका शोरुममा सिमित अवधिका लागि लागू हुनेछ ।

हाल नेपाली बजारमा कुल १५ वटा मोडलका मोटरसाइकल उपलब्ध छन् । जसमा २ लाख ८ हजार ९०० रुपैयाँ पर्ने सीडी १०० देखि ३४ लाख ५० हजार रुपैयाँ तोकिएको सीबीआर ६०० आरआर मोटरसाइकल रहेका छन् ।

Logo