गल्फ लुब्रिकेन्ट्सको रिटेलर मिट काठमाडौंमा सम्पन्न, प्रमाण पत्र पनि हस्तान्तरण

गल्फ लुब्रिकेन्ट्सको रिटेलर मिट काठमाडौंमा सम्पन्न, प्रमाण पत्र पनि हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

गल्फ लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता एवं उत्पादक नेपाल ल्यूव आयल लिमिटेडले रिटेलर मिट सम्पन्न गरेकाे छ ।

काठमाडौंको सुकेधारास्थित डिलर जय मधु गंगा ट्रेडर्ससंगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रममा सिजी होल्डिङ्सका कार्यकारी निर्देशक एवं नाडा अध्यक्ष करण चौधरी, नेपाल ल्यूव आयल लिमिटेडका महाप्रबन्धक गङ्गाराज भट्टराई र अटो मेकानिक्स व्यवसायी संघका पूर्वअध्यक्ष ठाकुरप्रसाद न्यौपाने लगायत ५० भन्दा बढी रिटेलरको सहभागिता थियो ।

सो अवसरमा जय मधु गंगा ट्रेडर्सका अध्यक्ष हिरन बुढाथोकीले नयाँ बिक्रेताका रुपमा काम सुरु गरेपछि पहिलोपटक रिटेलर मिट कार्यक्रम गर्न पाउँदा खुसी व्यक्त गरे ।

त्यस्तै, नेपाल ल्युब आयलका बजार प्रबन्धक जय प्रकाश पञ्जियारले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा रिटेलरहरुलाई गल्फ लुब्रकेन्ट्सको आधिकारिक च्यानल पार्टनर प्रमाण पत्र समेत हस्तान्तरण गरिएको थियो ।

Logo