नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच के–के भयो छलफल ?

नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच के–के भयो छलफल ?

केन्द्रबिन्दु
0
Shares

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच विभिन्न विषयहरुमा विस्तृत छलफल भएको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा टेकुमा उक्त बैठक बसेको हो ।

छलफलमा नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठ्यक्रम बनाई कसरी अगाडि बढ्ने भन्ने विषयमा अर्कोपटक छलफल गर्ने तय भएको छ ।

उक्त बैठकमा सो प्रोजेक्टका तर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो । त्यसैगरी नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवालकाे पनि उपस्थिति रहेको थियो ।

Logo