मर्ज भएर आएका निर्जीवन बीमा कम्पनीहरुको ब्यापार खस्कियाे, हेर्नुस् कुनको ब्यापार कति ?

मर्ज भएर आएका निर्जीवन बीमा कम्पनीहरुको ब्यापार खस्कियाे, हेर्नुस् कुनको ब्यापार कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ। मर्ज भएर आएका निर्जीवन बीमा कम्पनीहरुको ब्यापार खस्किएको छ। यसरी मर्ज भएका कम्पनीहरुको ब्यापार समग्रमा ३.२९ प्रतिशतले घटेको हाे।

गत बर्ष १२ निर्जीवन कम्पनी मर्ज भएर ६ वटा बनेका थिए। आर्थिक वर्ष ७९/८० र ८०/८१ को दोस्रो त्रैमासको तुलना गर्दा मर्ज भएर आएका ६ कम्पनीमध्ये ३ वटाको ब्यापार खस्किएको देखिएको छ भने ३ वटाले भने ब्यापार बढाएका छन्।

यो अवधिमा सानिमा जीआईसीको ब्यापार सर्वाधिक बढेको छ। सानिमा जनरल र जनरल ईन्स्योरेन्स मिलेर बनेको यो कम्पनीले गत आवको दोस्रो त्रैमासमा १ अर्ब १ करोड ६४ लाख रुपैयाँको ब्यापार गरेको थियो। तर, चालु आवको सोहि अवधिमा यो कम्पनीले १ अर्ब १५ करोड २ लाख रुपैयाँको ब्यापार गरेको छ। जुन गत आवको तुलनामा १३.६ प्रतिशत हो।

त्यसैगरी, यूनाईटेड अजोड इन्स्योरेन्सको पनि १२.७९ प्रतिशतले ब्यापार खस्किएको छ। गत आवको पहिलो त्रैमासमा यूनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले छुट्टाछ्ट्टै गरेको ब्यापार १ अर्ब ४९ करोड ८० लाख रुपैयाँ थियो । चालु आवको सोहि अवधिमा यिनीहरुले संयुक्त रुपमा गरेको ब्यापार १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ रहेको छ।

यस्तै, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल मिलेर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको) को ब्यापार ४.९७ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा सगरमाथाले १ अर्ब ४९ करोड ८० लाख र लुम्बिनीले ९७ करोड १९ लाख रुपैयाँ गरी जम्मा २ अर्ब ४६ करोड ९९ लाख रुपैयाँको ब्यापार गरेका थिए । यी २ कम्पनी मिलेर बनेको सलिकोले चालु आवको सोहि अवधिमा २ अर्ब ३४ करोड ७१ लाख रुपैयाँको मात्र ब्यापार गरेको छ।

त्यसैगरी, हिमालयन एभरेष्टले ११.२२ प्रतिशत र आईजीई प्रुडेन्सियलले ७.०९ प्रतिशतले ब्यापार बढाएका छन्। साविक हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मिलेर बनेको हिमालयन एभरेष्टले गत आवको दोस्रो त्रैमासमा १ अर्ब ५० करोड ८१ लाख रुपैयाँको ब्यापार गरेको थियो। चालु आवको सोहि अवधिमा १ अर्ब ६७ करोड ७४ लाख रुपैयाँको ब्यापार गरेको छ।

त्यसैगरी, आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मिलेर बनेको आईजीआई प्रुडेन्सियलले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा छुट्टाछुट्टै गरेर कुल १ अर्ब ५५ करोड १२ लाख रुपैयाँको ब्यापार गरेको थियो। यो कम्पनीले मर्ज भएर चालु आवको सोहि अवधिमा १ अर्ब ६६ लाख १२ करोड रुपैयाँको ब्यापार गरेको छ।

यो अवधिमा सबैभन्दा धेरै ब्यापार सिद्दार्थ प्रिमियरको घटेको छ। साविक सिद्दार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मिलेर बनेको यो कम्पनीको यो अवधिमा ब्यापार १८.३२ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष सिद्दार्थले १ अर्ब ३४ करोड १८ लाख र प्रिमियरले १ अर्ब ७ करोड ३२ लाख गरी कुल २ अर्ब ४१ करोड ५१ लाख रुपैयाँको ब्यापार गरेका थिए। तर, चालु आवको सोहि अवधिमा मर्ज भएर बनेको यो कम्पनीले जम्मा १ अर्ब ९७ करोड २६ लाख रुपैयाँको मात्र ब्यापार गरेको छ ।

Logo