२० वाणिज्य बैंकले घटाए ‘बेस रेट’, ऋण लिँदा कुनमा ब्याजदर सस्तो ?

२० वाणिज्य बैंकले घटाए ‘बेस रेट’, ऋण लिँदा कुनमा ब्याजदर सस्तो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । मुलुकमा सञ्चालित २७ ‘क’ वर्गका (वाणिज्य) बैंकहरुमध्ये अधिकांश बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन्। चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्मकाे तुलनामा २० वाणिज्य बैंकहरुले आधार दर घटेका हुन्।

पुस मसान्तसम्म वाणिज्य बैंकहरुमध्ये स्ट्याण्डर्ड चार्टर्ड र प्रभु बैंकको २ प्रतिशत भन्दा बढी बेस रेट घटेको छ भने एनएमबी, प्राइम र हिमालयन बैंकको १ प्रतिशत भन्दा कम घटेको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ७.५६ प्रतिशत बेस रेट छ भने गत आवको सोही अवधिमा स्ट्याण्डर्ड चार्टर्डको ९.६७ प्रतिशत थियो । गत वर्षको तुलनामा चार्टर्डको २.११ प्रतिशतले बेस रेट घटेको छ।

गत आवको पुस मसान्तसम्ममा ११.४४ प्रतिशत बेस रेट भएको प्रभु बैंकको चालु आवको सोही अवधिमा भने ९.४२ प्रतिशत आधार दर रहेको छ । प्रभुको गत वर्षको तुलनामा २.०२ प्रतिशतले बेस रेट घटेको छ ।

गत वर्षको पुस मसान्तसम्मको तुलनामा सबैभन्दा कम हिलायलन बैंकको बेस रेट घटेको छ । हिमालयनको ०.२७ प्रतिशतले आधार दर घटेको छ । हिमालयनको चालु आवको पुस मसान्तसम्ममा १०.५१ प्रतिशत बेस रेट रहेको छ भने गत वर्षको सोही अवधिमा १०.८५ प्रतिशत रहेको थियो ।

एनएमबी बैंकको पनि १ प्रतिशत भन्दा कम बेस रेट घटेको छ । एनएमबीको चालु आवको दोस्रो त्रैमाससम्ममा ९.९५ प्रतिशत बेस रेट छ भने गत वर्षको सोही अवधिमा १०.६८ प्रतिशत थियो । एनएमबीको गत वर्षको तुलनामा ०.७३ प्रतिशतले बेस रेट घटेको छ ।

प्राइम कमर्सियल बैंकको पनि १ प्रतिशत भन्दा कम आधार दर घटेको छ । प्राइम कमर्सियलको चालु आवको ६ महिनाको अवधिमा १०.३८ प्रतिशत बेस रेट छ भने गत आवको सोही अवधिमा ११.३५ प्रतिशत आधार दर थियो । गत वर्षको तुलनामा प्राइमको ०.९६ प्रतिशतले बेस रेट घटेको छ ।

बाँकी १५ वाणिज्य बैंकहरुको गत आवको पुस मसान्तको तुलनामा १ प्रतिशत भन्दा बढीले आधार दर घटेको छ । ३ वाणिज्य बैंकको बेस रेट डबल अंकमा छ भने अन्य १७ बैंकको भने सिंगल अंकको बेस रेट छ ।

Logo