एमजी जेडएस ईभी आगलागी घटनामा दोषी को ? यस्तो भन्छ अध्ययन प्रतिवेदन

एमजी जेडएस ईभी आगलागी घटनामा दोषी को ? यस्तो भन्छ अध्ययन प्रतिवेदन

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि एमजी जेडएस ईभीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले विद्युतीय कार जेडएसमा भएको आगलागी घटनामा अध्ययन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

गत पुस ८ गते अर्थात् क्रिसमस इभको साँझ राजधानीको बूढानीलकण्ठमा घर नजिकै पार्किङ गरेर चार्जमा राखिएको बागमती प्रदेश–०१–०२७ च १५८१ नम्बरको जेडएस ईभी गाडीमा भएको आगलागीसम्बन्धी घटनामा विभिन्न सञ्चार माध्यममा भ्रमपूर्ण समाचार प्रकाशन भएपछि अध्ययन समिति बनाएर छानबिन थालिएकाे थियो । समितिले हालै कम्पनीलाई अध्ययन प्रतिवेदन बुझाएको हो । जसमा गाडीको क्पालिटीमा डिफेक्ट नदेखिएको उल्लेख छ ।

‘उत्पादक कम्पनीले गरेको प्राविधिक विश्लेषण तथा अध्ययन पश्चात उक्त आगलागि भएको गाडीमा आगो अगाडीबाट पछाडीतर्फ बलेको, आयल लिकेज र मेकानिकल फेलर नभएको, उक्त समयमा गाडी पार्क गरी चार्जमा राखिएको अवस्थामा गाडी भित्रबाट आगोलागि हुनको लागि हाई हिट टेम्प्रेचर सोर्स नभएको, इलेक्ट्रिकल फल्ट्सबाट आगोलागि भएको नदेखिएको, गाडिमा एबनर्मल बर्न र सर्ट सर्किट नदेखिएको, गाडीको ब्याट्रीमा आगोको कुनै प्रभाव नरहेको, गाडीमा क्पालिटी डिफेक्ट नदेखिएको’ विज्ञप्तिमा भनिएको छ ।

साथै उक्त गाडी चार्ज गर्दा प्रयोग गर्नुपर्ने मापदण्ड अनुसारको तार, पावर सकेट समेत प्रयोग गर्नु भएको नदेखिनुको साथै गाडी पार्किङमा राख्दा बन्द अवस्थामा रहेको, विद्युत/आगोको श्रोतको रुपमा कुनै पनि आन्तरिक यन्त्र नदेखिएको पनि बताइएको पनि कम्पनीले जनाएको छ ।

त्यसैगरी उक्त गाडीमा आगलागी भएको एक महिना बितिसक्दा पनि कम्पनीले क्षतिपूर्ति नदिएको र ग्राहकलाई यस कम्पनीले एक साताभित्र क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको समाचार झुटो भएको बताउँदै कम्पनीले एकातर्फ सम्बन्धीत ग्राहकले आजको मितिसम्म क्षतिपूर्ति प्राप्त गर्न कुनै पनि अनुरोध नगरेको र अर्कोतर्फ यस कम्पनीको आधिकारीक व्यक्तिबाट क्षतिपूर्ति दिने सम्बन्धमा कुनै पनि प्रतिबद्धता व्यक्त नगरिएको पनि स्पष्ट पारेको छ ।

Logo