आइएमई पे प्रतिष्ठित ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

आइएमई पे प्रतिष्ठित ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित भएको छ ।

कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आईएमई पे’ कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो । साे अवसरमा ‘आईएमई पे’का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस सम्मानलाई वित्तीय प्रविधिको क्षेत्रमा ग्राहकको सहज तथा उचित सेवा, वित्तीय समावेशिताप्रतिको सम्मानको रुपमा लिएको बताए ।

कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डलमार्फत मूल्याङ्न गर्दै कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा सम्मान प्रदान गर्दै आइरहेको छ ।

Logo