एनसेल प्रकरणः उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

एनसेल प्रकरणः उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

केन्द्रबिन्दु
0
Shares

दुरसञ्चार प्रदायक कम्पनी एनसेलको शेयर खरिदब्रिकी प्रकरणको छानविन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष प्रतिवेदन पेस गरेको छ । एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्रीबारे छानबिन गर्न टङ्कमणि शर्माको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले सोमबार प्रधानमन्त्री प्रचण्डसमक्ष छानबिन प्रतिवेदन बुझाएको हो ।

मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर स्वामित्व नेपाली मूलका सिंगापुरका नागरिक सतिशलाल आचार्यको बेलायतमा दर्ता भएको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेसँगै घोटला भएको आशंकाबीच सरकारले टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिले पुस २४ गते भित्रमा प्रतिवेदन बुझाउन भनिएको थियो तर, अनुसन्धान नसकिएको भन्दै १५ दिन म्याद थप गरिएको थियो । त्यसपछि आज छानविन प्रतिवेदन बुझाएको हो ।

Logo