आज युरोको भाउ घट्यो, कुनको मूल्य कति ?

आज युरोको भाउ घट्यो, कुनको मूल्य कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ । आइतबारदेखि स्थिर रहेको डलरको मूल्यमा मंगलबार केही पैसामात्रै बृद्धि भएको हो ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसा रहेको छ । युरोको मूल्यमा भने करिब एक रुपैयाँले घटेको छ । त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३३ पैसा रहेको छ ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Logo