श्रीनगर एग्रीटेकले बोलायो साधारणसभा, आईपीओ निष्काशन गर्ने

श्रीनगर एग्रीटेकले बोलायो साधारणसभा, आईपीओ निष्काशन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

त्यसका लागि कम्पनीको संचालक समितिको माघ १५ गते बसेको समितिको बैठकले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको पूँजीको संरचना परिवर्तन हुने भएकाले प्रबन्ध पत्र तथा नियमावली बमोजिम सर्वसाधारणमा जारी गरिने भनी छुट्टाइएको शेयरहरूलाई संशोधन गरी प्रिमियम वा अंकित र्मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गर्ने र सो को लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने सम्बन्धमा छलफल हुनेछ ।

कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित पनि गरिनेछ ।

Logo