‘सरकारी काम’ भन्ने मानसिकताबाट माथि उठेर काम गर्न तयार छौंः निर्देशक ढकाल

‘सरकारी काम’ भन्ने मानसिकताबाट माथि उठेर काम गर्न तयार छौंः निर्देशक ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत प्राधिकरण, विद्युत व्यापार विभागका नवनियुक्त निर्देशक राजन ढकालले आफू ‘सरकारी काम’ भन्ने मानसिकताबाट माथि उठेर निजी क्षेत्रकै शैलीमा काम गर्न तयार रहेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा निर्देशक ढकालले आफ्नो टिम ‘सरकारी काम’ भन्ने मानसिकताबाट माथि उठेर निजी क्षेत्रकै शैलीमा काम गर्न तयार रहेको बताएका हुन् । त्यसका लागि कुल विद्युत उत्पादनमा ६० प्रतिशतभन्दा बढी योगदान रहेको इप्पान र नेपाल विद्युत प्राधिकरणबीच टिमवर्कमा काम हुनुपर्ने उनको भनाई छ ।

ऊर्जा उत्पादक र वितरक एकै परिवारका सदस्य भएकोले एक अर्कालाई विश्वास गरेर अघि बढ्नुपर्नेमा निर्देशक ढकालले जोड दिए ।

सो क्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्न नसक्दा विद्युत खरिद विक्री सम्झौता (पीपीए) भएका धेरै आयोजनाले काम गर्न नसकेकोले विद्युत उत्पादन गर्नुपर्ने मिति थप गर्नका लागि पहलकदमी लिन आग्रह गरे । सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्य लिइएकोले विभागलाई यो अवसर भएको पनि बताए ।

Logo