दोस्रो एओजी नाइट राइड सम्पन्न

दोस्रो एओजी नाइट राइड सम्पन्न

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सद्वारा आयाेजित दोस्रो एओजी नाइट राइड सम्पन्न भएको छ।

कम्पनीले शुक्रबार र शनिबार नक्साल शोरुमदेखि सुकुटेसम्म दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सञ्चालन गरेको थियो । उक्त राइड शोमा एओजीका सदस्य डा.दिपक कुमार दास सहित २५ जना राइडरहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ६८ किलोमिटर एकतर्फी यात्रा क्रममा अपाचे राइडरहरु डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्प्ल पुगेका थिए। ‘यस अपाचे ओनर्स ग्रुपले मलाई साथी मात्र नभई एउटा परिवार प्रदान गरेको छ। म आफैं अपाचेको ग्राहक हुँ र यस अपाचे ओनर्स ग्रुपमा पाएको साथले म अत्यन्त खुसी छु। आगामी दिनहरुमा पनि यस्तै प्रकारको यात्रामा सहभागी हुन पाउने आशा गर्दछु,’ एओजीका सदस्य डा. दिपक कुमारले भने।

कार्यक्रमको दोस्रो दिन कम्पनीको हेड मार्शलद्वारा खेलकुद गतिविधि सञ्चालन गरिएको थियो जसमा रेमन दास श्रेष्ठले विजेताहरुलाई पुरस्कार वितरण गरे।

कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सीबीओ, मृगेन बनर्जी र डीजीएम विक्रम पौडेलले गरेका थिए।

Logo