नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी बिहीवारदेखि

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी बिहीवारदेखि

केन्द्रबिन्दु
0
Shares

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी १८ देखि २१ माघसम्म काठमाडाैंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो। विगत आठ वर्षदेखि हुँदै आइरहेको प्रदर्शनीको यो नवौँ संस्करण हो।

निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरू र यस क्षेत्रका नवीनतम प्रविधिबारे जानकारी दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो। प्रदर्शनीले नेपालमा उत्पादित सामग्री र प्रविधिहरूलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्‍याउने विश्वास लिइएको छ। सो प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका एक सय ५० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ।

प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर्स, बिल्डर्स, इन्टिरियर डिजाइनरहरू, घर बनाउन चाहने व्यक्ति तथा आमनागरिकको उल्लेखनीय सहभागिता रहनेछ।

यो प्रदर्शनी ४ दिन सम्म चल्नेछ । उक्त प्रदर्शनीमा नि-शुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Logo