आईपीओ जारी गर्न ह्याविट्याट पावरले कहिले बाेलायाे एजीएम ?

आईपीओ जारी गर्न ह्याविट्याट पावरले कहिले बाेलायाे एजीएम ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ह्याविट्याट पावर कम्पनी लिमिटेडले फागुन १० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, हांडिगाउँ, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित पनि पेश गर्ने छ ।

आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । त्यसैगरी, सभाले सञ्चालक समितिको निर्वाचन पनि गर्नेछ ।

Logo