वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा नेपाल वायु सेवा निगम ऐन २०१९ दफा ४ को उपदफा ४ बमोजिम नेपाल वायु सेवा निगमको रिक्त उपाध्यक्ष पदमा राईलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनी वायुसेवा निगमकै सञ्चालक समिति पनि सदस्य हुन् ।

Logo