भारत सरकारले बढायो नेपाललाई दिने अनुदान, अब कति पाउँछ ?

भारत सरकारले बढायो नेपाललाई दिने अनुदान, अब कति पाउँछ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । भारत सरकारले नेपाललाई दिने अनुदान बढाएको छ ।

भारतकी वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार बजेट सार्वजनिक गर्ने क्रममा नेपाललाई दिने अनुदान बढाएको जानकारी दिएकी हुन् । वित्त वर्ष २०२३/२४ मा ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) विनियोजन गरेको छ । भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) पु-याएको छ । यस वर्ष संशोधित बजेटभन्दा पनि बढेर अनुदान विनियोजन गरेको हाे ।

Logo