गहिरो अध्ययन नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न नाडाद्वारा सरकारको ध्यानाकर्षण

गहिरो अध्ययन नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न नाडाद्वारा सरकारको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सम्बन्धित विषयको गहिरो अध्ययन र अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बाँसबारी छाला-जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा व्यवसायी अरुण चौधरीलाई कुनै ठोस प्रमाण र आधार विना नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रकाउ गरेको भन्दै नाडाले सरकारको ध्यानाकर्षण गराएको हो ।

नाडाले भनेको छ, ‘प्रहरीले गिरफतारी तत्पश्चात मात्र समस्या पहिल्याउने प्रबृत्तिले व्यवसायीहरुलाई थप हतोत्साहित मात्र बनाएको छैन यसले आउदै गरेको लगानी सम्मेलनलाई समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ ।’

सीजी होल्डिङ्गसका प्रवन्ध निर्देशक चौधरी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सदस्य पनि हुन् ।

Logo