नेपाली बजारमा ओमोडा ई५ इलेक्ट्रिक गाडी लन्च, कति ताेकियाे मूल्य ?

नेपाली बजारमा ओमोडा ई५ इलेक्ट्रिक गाडी लन्च, कति ताेकियाे मूल्य ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा ओमोडा ई५ इलेक्ट्रिक गाडी लन्च भएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा एसपीजी अटोमोबाइल्स प्रालिले सो गाडी सार्वजनिक गरेको हो ।

६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री जडान रहेको यस गाडीले डब्ल्युएलटीपी मानक अनुसार ४३० किलोमिटरको रेन्ज प्रदान गर्दछ । सो गाडी फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर र ३४० एनएमको टर्कद्वारा संचालित छ । यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च अलोय ह्विल, ब्ल्याक तथा ब्लु र ह्वाइट टोनको लेदर सिट एवम् २४.६ इन्चको ड्युअल स्क्रिन जस्ता विशेषता रहेका छन् ।

एडास ड्राइभिङ असिस्टेन्स सुविधा रहेको यसमा लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्याग लगायत १७ भन्दा बढी प्रकारका फिचर उपलब्ध छन् । यसको अर्को आकर्षण २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको छ ।

ओमोडा ई५ को प्रारम्भिक मूल्य ५९ लाख ४९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

Logo