बहुचर्चित एसयूभी एक्सटरको बुकिङ खुल्यो, यस्तो छ फिचर र मूल्य

बहुचर्चित एसयूभी एक्सटरको बुकिङ खुल्यो, यस्तो छ फिचर र मूल्य

केन्द्रबिन्दु
0
Shares

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहुचर्चित एसयूभी एक्सटरको बुकिङ खुला गरेको छ । कम्पनीले नेपाली बजारमा बुकिङ खुला गर्नुका साथै मूल्य समेत सार्वजनिक गरेको हो ।

हुन्डाई एक्सटर ईएक्स, एस र एसएक्स गरी तीन भेरिएन्टमा उपलब्ध भएको एसयूभी एक्सटरको मूल्य क्रमशः ३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार १.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । ६ कलर अप्सनमा आउने यसको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ। यसको डीआरएल एच प्याटर्नमा राखिएको छ र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत अन्य प्रशस्त फिचर उपलब्ध छ।

हुन्डाईले एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ । यसमा १८५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले गर्दा नेपालको बिभिन्न बाटोहरुमा सहज यात्रा गर्ने आत्मविश्वास दिलाउने कम्पनीले जनाएको छ ।

Logo